Comments Add Comment

अन्जु पन्त ‘एकल साँझ’मा गुञ्जने


गायिका अन्जु पन्त पहिलो पटक एकल साँझमा प्रस्तुत हुन लागेकी छिन् । ‘अन्जु पन्त फाउन्डेशन’को आयोजनामा ‘नेपाल रेकर्डिस्ट एसोसियसन’का लागि अन्जु एकल गायनमा प्रस्तुत हुन लागेकी हुन् । आउँदो शनिबार अन्जु नेपाल प्रज्ञा प्रतिष्ठानमा गुञ्जनेछिन् । बेलुकी ४ बजेबाट सुरु हुने एकल साँझमा अन्जुले आफ्ना चर्चित आधा दर्जन गीत सुनाउने तयारी गरिरहेकी छिन् ।

२७ जना वाद्यवादकको टोलीका साथ अन्जुले मंगलबारबाट राष्ट्रिय नाचघरमा अभ्यास थालेकी छिन् । उनले ‘एकल साँझ’मा प्रस्तुत हुन पाउँदा अत्यन्तै खुशी लागेको बताइन् ।

उनले भनिन्-‘दुई दशक लामो सांगीतिक यात्रामा मैले एकल एल्बम र गायन गर्न पाएको थिइनँ । त्यो मध्ये एकल गायनको अवसर पाएको छु ।’करिब दुई घन्टा चल्ने एकल साँझमा अन्जुले चलचित्रका गीसँगै सुगम गीत पनि गाउने तयारी गरिरहेकी छिन् । उनले पछिल्लो समय चलेका ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’, ‘सुर्के थैली’सँगै सुगम संगीतमा सर्वाधिक लोकप्रिय रहेका ‘नबिर्सें तिमीलाई नपाएँ तिमीलाई’, ‘जिन्दगी यो फूलै फूलको थुंगा हुँदैन’ आदि गीत गाउने तयारी गरिरहेकी छिन् । अन्जुले एकल साँझबाट उठेको रकम परोपकारी काममा खर्च गर्ने घोषणा यस अगाडि नै गरिसकेकी छिन् ।

उनले एकल साँझबाट हुने फाइदाको रकम रेकर्डिस्टको संस्था रेकर्डिस्ट एसोसियनलाई ५० प्रतिशत र गरिब तथा जेहेन्दार बालबालिकाको शिक्षाका लागि ५० प्रतिशत खर्च गर्ने बताएकी छिन् ।

भदौ २४ गते अर्थात् आउँदो शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने एकल साँझमा सहभागिताका लागि ३ हजार, २ हजार र १ हजार बराबरको टिकट मुल्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment