Comments Add Comment

मोरङको ‘गिट्टी काण्ड’ मा प्रहरी हवल्दार पक्राउ

२२ भदौ, बिराटनगर । मोरङको गछिया खोलाबाट अवैधरुपमा ढुंगा, गिट्टी बालुवाको उत्खनन र निकासीमा प्रहरी संलग्नता रहेको समाचार आएपछि स्थानीय प्रहरी प्रशासनले अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले गछिया प्रहरी चौकीका हवल्दार सीताराम कोइरालालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको हो ।

मोरङका प्रहरी उपरीक्षक अरुण बीसीले गछिया खोलाबाट अवैध रुपमा ढुङा, गिट्टी र बालुवाको अबैध ब्यापारलाई प्रहरीले संरक्षण गरेको घटनाबारे हवल्दार कोइरालालाई नियन्त्रणमा लिएर छानविन थालिएको जानकारी दिए ।

गछिया प्रहरी चौकीमा कार्यरत हवल्दार कोइरालालाई बुधबार साँझ इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको र आज थप अनुसन्धानका लागि जिल्ला ल्याइने प्रहरी उपरीक्षक बीसीले जानकारी दिए ।

गछिया खोलाबाट अवैधरुपमा ढुंगा, गिट्टी बालुवाको उत्खनन र निकासीमा स्थानीय गछिया प्रहरी चौकीका प्रहरी संरक्षणमा हुने गरेको समाचार अनलाइनखबरले सार्वजनिक गरेको थियो ।

हेर्नुहोस् समाचार- मध्य वर्षामा चुरे दोहनः प्रहरीकै मिलेमतोमा बालुवा र गिटी तस्करी !

चुरे क्षेत्र दोहनको समाचार सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले घटनाका बारेमा छानविन प्रक्रिया थालेको छ । सरकारले असार, साउन र भदौ महिना नदी वा खोलावाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन एवं निकासीमा रोक लागाए पनि स्थानीय गछिया खोला र खदम खोलाबाट अवैध रुपमा उत्खनन र निकासी भइरहेको थियो ।

स्थानीय गछिया प्रहरी चौकीका हवल्दार कोइराला, इञ्चार्ज सुरेन्द्र ढुंगेल र केराबारी प्रहरी चौकीका इञ्चार्ज रामकाजी श्रेष्ठको संरक्षणमा गछिया खोला र खदम खोलाबाट अवैधरुपमा ढुंगा, गिट्टी बालुवाको उत्खनन एवं निकासी हुने गरेको स्थानीयको आरोप छ ।

अनलाइनखबरसँगको भिडियो स्टोरीमा एक स्थानीयले प्रहरीहरुले खेदाएजस्तो गर्ने र आफूहरुले भागेजस्तो गर्ने गरेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment