Comments Add Comment

सिड्नी सिटी कलेजको एजेन्सी मिट काठमाडौंमा

७ सेप्टेम्बर, काठमाडौं । हालै सञ्चालन अनुमति पाएको सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टले काठमाडौंमा एजेन्सी मिट कार्यक्रम आयोजना गरेको छ ।

गत शुक्रबार आयोजित कार्यक्रममा कलेजकी चिफ पि्रन्सिपल अफिसर रन्जु थापा वाग्लेले कलेजमा उपलब्ध शैक्षिक कार्यक्रम तथा शिक्षण बिधिका बारेमा जानकारी दिएकी थिइन् ।

सिड्नीको पारामाटामा सञ्चालन सुरु भएको कलेजमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्की प्रवक्ता थापासँगै उनका पति नरेश थापाले लगानी गरेका छन् ।

एजेन्सी इन्फरमेसन नाइटमा थापाले कलेजले अबलम्बन गरेको शिक्षण बिधि, उपलब्ध कोर्स, इनटेक, ट्यूसन फी लगायतका बिषयमा बिस्तृतमा जानकारी गराएकी थिइन ।

वर्षमा ६ वटा इन्टेक सञ्चालन गर्ने जानकारी दिँदै उनले अष्ट्रेलियाली समाजमा सिपयुक्त जनशक्ति उत्पादन गर्ने र विद्यार्थीलाई सहज रोजगारी प्राप्त हुने गरी कोर्ष डिजाइन गरिएको बताइन् ।

विश्वविद्यालयमा भन्दा कम शुल्कमा अध्ययन गर्न सकिने र कलेजको अध्ययनसँगै राम्रो रोजगारीका अवसर पनि खुला हुने भएकाले अस्ट्रेलियालाई गन्तब्य बनाउन चाहने नेपाली विद्यार्थीका लागि यी कोर्ष उपयुक्त भएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डे, उपाध्यक्ष बिष्णुहरी पाण्डे लगायतका ठूलो संख्यामा परामर्श ब्यबसायीहरुको उपस्थिति थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment