Comments Add Comment

सुर्खेतमा बहुला स्यालको टोकाइबाट २० जना घाइते

घाइतेलाई टेकु अस्पताल पठाइदै

२२ भदौ, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट २० जना घाइते भएका छन् ।

नगरपालिका वडा नम्वर १, २ र ४ मा वहुला स्यालको टोकाइबाट २० जना घाइते भएका छन् ।

गत विहीबारदेखि आजसम्म २० जना घाइतेहरुको उपचार गरिएको गुर्भाकोट नगर स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

घाइतेहरुको मेहेलकुना अस्पताल र स्थानीय मेडिकलहरुमा उपचार भइरहेको छ ।

घाइतेहरुलाई थप उपचारका लागि टेकु अस्पताल काठमाडौं पठाउनु पर्ने स्वास्थ्यकर्मीहरुले वताएका छन् ।

स्याल आतंकपछि नगर स्वास्थ कार्यालय गुर्भाकोटमा नगर स्वास्थ्य कार्यालय प्रमुख, नगरप्रमुख, जनप्रतिनिधिहरुसहितको आकस्मिक वैठक वसिरहेको छ ।

वैठकमा घाइतेहरुको उपचारका विषयमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment