Comments Add Comment

एमालेलाई जनार्दनको जवाफः गृहमन्त्रीले नम्बर दिने व्यवस्था नै रहेनछ

२३ भदौ, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले मन्त्रालयले आफ्नो अधिकार अनुसार नै सुरक्षा निकायमा सरुवा तथा बढुवा गरेको स्पष्टिकरण दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेका नेता भीम रावलले केही दिनअघि संसदमा बोल्दै सरकारले विद्यमान नियम कानुन मिचेर मनपरी कर्मचारी सरुवा गरेको भन्दै सरकारको जवाफ मागेका थिए ।

व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा समय लिएर बोल्दै मन्त्री शर्माले गृहमन्त्रालयले सरुवा गरेको हो भनेका छन् । मूल्यांकन समितिको सिफारिस अनुसार नै बढुवा भएको भन्दै गृहमन्त्री शर्माले भने, प्रहरीकै बढुवा भएको छ । आम नागरिकको होइन । मेरा नातेदार पनि छैनन् ।’

मनपरी ढंगले सरुवा बढुवा गरेको एमाले आरोपतर्फ संकेत गर्दै गृहमन्त्री शर्माले भने, ‘बढुवामा तीन वर्षको नम्बर जोडिँदो रहेछ । गृहमन्त्रीले नम्बर दिन पाउने व्यवस्था नै रहेनछ ।’

प्रहरीको सरुवा तथा बढुवाबारे पटक-पटक आउने विवादको दिर्घकालीन समाधानका लागि संघीय प्रहरी ऐन अन्तिम चरणमा पुर्‍याएको र छिट्टै संसदमा पेश गर्ने गृहमन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment