Comments Add Comment

कोइराला परिवार एक हुनुको विकल्प छैनः सुजाता

२५ भदौ, विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कोइराला परिवार एकठाउँमा उभिनुको विकल्प नरेहको बताएकी छन् ।

प्रेस युनियन, मोरङले आइतबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई मिलाएर लान नसकेको बताइन् ।

अब कोइरालाहरु एक ठाउँमा उभिएर पार्टीलाई अगाडि बढाउनु पर्ने उनले बताइन् । ‘हामी तीनै जना डा. शेखर कोइराला, शशांक कोइराला र सुजता कोइराला राजनीतिमा सक्रिय छौं’ उनले भनिन्, ‘हामीबीचको यो एकता कसैको विरुद्धमा छैन । हाम्राे एकताबाट कोही पनि अत्तिनु पर्दैन ।’

आगामी महाधिवेशमा पार्टीको नेतृत्व गर्ने विषयमा आफूहरुबीच कुराकानी नभएको उनले बताइन् । कोइराला परिवारमा विभाजन ल्याउन एउटा शक्ति  लागेको र उसले आफूहरुको एकताविरुद्ध विभिन्न हाैवा फैलाउने काम गरेको उनको भनाइ छ ।
कांग्रेस नेतृ कोइरालाले प्रदेश २ को स्थानीय तहको चुनावमा टिकट वितरण एकपक्षीय भएको बताउँदै असन्तुष्टि जनाइन् । ‘एकपक्षीय रुपमा टिकट वितरण हुँदा उम्मेदवार र असन्तुष्ट पक्षबीच कुटाकुटको अवस्था आएको छ । यसवारे नेताहरुले ध्यान दिन आवश्य छ’ नेतृ कोइरालाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment