Comments Add Comment

४५ केजी चरेससहित दुई पक्राउ, ४७ हजार नगद बरामद

२५ भदौ, बझाङ । सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालय बझाङ्गको संयुक्त टोलीले ४५ केजी लागूऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरिक्षक (डिएसपी) ऋषीराम कडेलले सुर्मा गाउँपालिका ५ बस्ने ४० वर्षीय गिठे बोहरा र सोही ठाउँका २८ वर्षीय दीपक बोहरालाई आरआईटीका प्रहरी हवल्दार हर्क कुवँरको सहयोगमा ४५ केजी चरेशसहित नियन्त्रणमा लिइएको बताए ।

उनीहरूको साथबाट ४७ हजार रूपैयाँ नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालय राखिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment