Comments Add Comment

एमालेले भोट माग्ने नैतिक आधार गुमाएको छः उपेन्द्र यादव

फाइल तस्वीर

२६ भदौ, जनकपुर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसका लागि कांग्रेस, माओवादी र एमाले उस्तै भएको बताएका छन् ।

तर, संविधान संशोधनको विपक्षमा भोट हालेको एमालेसँग भोट माग्ने नैतिक आधार समेत नभएको उनको दाबी छ ।

सोमबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै फोरम अध्यक्ष यादवले भने, ‘संविधान संशोधन प्रस्तावको विपक्षमा भोट हालेर एमालेले गम्भीर भुल गरेको छ । उसले मधेसी जनतासँग भोट माग्ने नैतिक आधार नै गुमाएको छ ।’

उनले अगाडि थपे – एमाले मात्रै होइन । मधेसका लागि ठूला दलहरुले सिन्को पनि भाँचेका छैनन्, सबै उस्तै हुन् ।’

यादवले मधेसमा निर्वाचनप्रति ठूलो जनलहर छाएको बताए । आफ्नो पार्टीले संशोधनमा नदिई चुनावमा जोड दिएको भन्दै भने, ‘चुनावपछि संविधान सच्याइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment