Comments Add Comment

एमालेले भन्यो– मन्त्रिपरिषद् विस्तार आचारसंहिता विपरीत

जिल्ला न्यायाधीशहरुको सरुवा गरिए प्रतिवाद गर्ने चेतावनी

२६ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रक्रिया नै शुरु भइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नु र नयाँमन्त्री नियुक्त गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने प्रतिक्रिया दिएको छ ।

अहिले सरकार बिस्तारको कुनै अर्थ नरहेको बताउँदै एमालेले आचारसंहिता विपरीत कार्य रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद् बिस्तारको अनुचित कार्य नरोके एमालेले प्रतिवाद गर्ने बताए । निर्वाचन आयोग सरकारको लाचार छायाँ बन्न नहुने भन्दै उनले आयोगका पदाधिकारीको ध्यानाकर्षण गराइसकेको बताए ।

‘चुनाव घोषणा भएर आयोगले प्रक्रिया शुरु गरिसकेको छ । अहिले सरकार ढाल्ने वा बनाउने अवस्था छैन’ पूर्व सभामुखसमेत रहेका नेम्वाङले भने, ‘निर्वाचन आचारसंहिता लागु भएपछि खरदार, सुब्बाको समेत नियुक्ति र सरुवा गर्न नपाइने अवस्थामा मन्त्री थप्नु आचारसंहिताको गम्भिर उल्लंघन हो ।’

एमालेले निर्वाचन आचारसंहिता विपरीत जिल्ला न्यायाधीशहरुको सरुवा गर्न लागिएको सूचना आएको भन्दै आपत्ति जनाएको छ । जिल्ला न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत हुने भएकाले अहिले न्यायाधीश सरुवा गर्नु भनेको सिधै चुनाव प्रभावित पार्ने खेल भएकाले स्वीकार्य नहुने नेम्वाङले बताए ।

प्रधानन्यायाधीश गोपाल पराजुली र निर्वाचन आयोगका पदाधिकारीबीच आइतबार छलफल भएको थियो । आयोगले चुनावका लागि न्यायाधीश माग गरेको छ । तर, एमालेले भने न्यायाधीश सरुवाको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment