Comments Add Comment

अष्ट्रेलिया पठाइदिन्छु भन्दै करोड ठगी गर्ने मलेशियन नागरिक पक्राउ

पक्राउ परेका मध्ये मलेशियन नागरिक रामदास

२६ भदौ, काठमाडौं ।अष्ट्रेलिया पठाइदिन्छु भन्दै करोड ठगी गर्ने २ जना मलेशियन र एक जना अष्ट्रेलियन नागरिकलार्इ महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।

नेपालमा आई एफपी एजुकेशन कन्सल्टेन्सी प्रा.ली. संचालक चुन्टी लामा लगायत ११ जना नेपाली विधार्थीहरुलाई आईएलटीएस विना नै अष्ट्रेलिया अध्ययनको लागि पठाइदिन्छु भनी पटक पटक गरी एक करोड २५ लाख ठगी गर्ने मध्ये तीन जनालार्इ प्रहरीले पक्राउ गरेको हो ।

अफूहरूलार्इ ठगेको भन्दै कन्सल्टेन्सीका संचालक लामा लगायत पीडित विद्यार्थीहरुले प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनीहरूलार्इ पक्राउ गरेको हो ।

प्रहरीले मलेशियन नागरिक रामदास बस्कारादास र धर्मलिङगम र अष्ट्रेलियाका रविन्द्रलार्इ पक्राउ गरेको हो । पक्राउ परेका मध्ये रामदासलार्इ आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।

पक्राउ गरेकाहरुले अरुलाई पनि ठगी गरेको हुनसक्ने भन्दै प्रहरीले त्यसबारेमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

पक्राउ परेका तीन जनाले चाबहिलस्थित मेडीसन होटल ट्रेनिङ सेन्टरमा आई कन्सल्टेन्सी तथा विद्यार्थीहरुलाई सभागी गराएर सेमिनार गरी अष्ट्रेलियामा आफ्नै नाममा रहेको फ्यूचर एकेडेमी कजेजमा अध्ययन गर्न नो आईईएलटीएस, नो एजबार, नो एजुकेशन ग्यापको व्यवस्था हुने प्रलोभन देखाएर रकम असुलेका थिए ।

यस्तै उनीहरुले एक हप्तामा १ दिन कक्षा लिंदा पनि हुने, हप्तामा ६ दिन अन्य काम गर्न सकिने, कामको पुरै ग्यारेन्टी लिने आश्वासन देखाएर विद्यार्थीहरुलाई रविन्द्रको अष्ट्रेलियामा रहेको खातामा रकम जम्मा गर्न लगाएका थिए ।

मुलुकी ऐन गठीको महल अनुसार झुक्याएर विश्वासमसा पारी गठी गरेमा कसुरको मात्रा हेरी विगो बमोजिमको जरीवाना र पाँच वर्षसम्म कैंद हुने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment