Comments Add Comment

भैरहवाका युवकले बनाए विद्युतीय डोजर (भिडियोसहित)

२६ भदौ, भैरहवा । भैरहवाका एक युवकले विद्युतीय डोजर बनाएका छन् । काठको काम गर्दै आएका जिल्लाको ओमसतिया गाउँपालिका २ भैरहवा का २३ वर्षीय ऋषिमुनि मल्लाहले डोजर बनाएका हुन् ।

६ वटा साना मोटर, दुई वटा मोबाइलको ब्याट्री, जस्ता पाता, काठ लगायत सामाग्रीले विद्युतीय डोजर बनाएको मल्लाहले बताए ।

कुनै आर्थिक खर्च नगरी घरमा रहेको सामाग्रीले डोजर बनाएको उनी बताउँछन् । उनले सामाग्रीको अभावमा मिहिनेतले २ वर्षमा डोजर बनाएको बताए । कक्षा ८ सम्म अध्ययन गरेका उनले बनाएको डोजरले माटो खन्ने र माटो उठाएर फाल्ने गर्दछ ।

गेयरले चल्ने डोजरलाई गेयर जस्तै उनले रिमोटबाट चलाउने गर्दछन् । एक पटक चार्ज गरेमा एक घण्टा सम्म डोजर चल्ने गरेको उनी बताउँछन् ।

घरमा विभिन्न किसिमका प्लाष्टिकका खेलौना देखेर आफै डोजर बनाउने इच्छा जागेको उनी बताउँछन् । यसअघि उनले यस्तै किसिमका मोटरसाइकल, स्टिमर समेत बनाएको बताउँछन् । आगामी दिनमा हेलिकप्टर समेत बनाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment