Comments Add Comment

हुम्लामा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

२७ भदौ, हुम्ला । जिल्लाको अदानचुली गाउँपालिका वडा नम्बर ३ मा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

दशैको लागि घर लिप्ने कमेरो माटो ल्याउन गाउँ नजिकै पुछिमधारा भन्ने ठाउँमा गएकी अदानचुली गाउँपालिका-३ की लक्ष्मी फडेराको ढिस्कोले पुरिएर मृत्यु भएको हो । सोही वडाकी असली थापा गम्भीर घाइते भएकी छन् ।

असली थापाको घर नजिकै स्वास्थ्यचौकीमा उपचार भइरहेको अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए । मृतक लक्ष्मीको स्थानीय परम्परा अनुसार गाउँमै दाहसंस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment