Comments Add Comment

‘लिलिबिली’मा जसिता र रेविकासँग प्रदिपको रोमान्स, खड्काले लिए २२ लाख पारिश्रमिक


निर्देशक मिलन चाम्सले अघिल्ला ३ चलचित्र रिलिज नगर्दै चौथो चलचित्र निर्माणको घोषणा गरेका छन् । उनले निर्माण तथा निर्देशन गर्न लागेको नयाँ चलचित्रको नाम ‘लिलिबिली’ राखिएको छ । कात्तिकको ७ गतेबाट यो चलचित्रको छायांकन बेलायत र स्कटल्याण्डमा गरिनेछ ।

यो चलचित्रमा मिलनको साथमा गोविन्द शाही र सुदिप खड्काको लगानी रहनेछ । चलचित्रको मुख्य भूमिकामा नायक प्रदिप खड्काले काम गर्नेछन् । उनको साथमा दुइ नव-नायिका जसिता गुरुङ र रेविका गुरुङले चलचित्रमा काम गर्नेछन् ।

कार्यक्रममा नायक खड्काले भने-‘यो चलचित्रमा काम गर्दा मलाइ आशुसेन फिल्मस्बाट बाहिर किन आउन सक्दैनौ भनेर सोधिने धेरै प्रश्नको जवाफ दिन पाएको छ । ‘प्रेमगीत र प्रेमगीत २’मा जुन तरिकाले मिहिनेत गरेको थिएँ, यसमा पनि सोही अनुसारको मिहिनेत गर्नेछु ।’

प्रदिपले यो चलचित्रमा २२ लाख पारिश्रमिक र थाइल्याण्ड तथा बर्माको राइट्स समेत लिएको निर्माता गोविन्द शाहीले अनलाइनखबरलाइ बताए । पारिश्रमिकको बिषयमा प्रदिपले भने-‘मलाइ पारिश्रमिकमा त्यती मतलब छैन । मुख्यकुरा, दर्शकले जुन तरिकाले माया दिनुभएको छ, त्यो माया सधै पाउन योग्य बनौं भन्ने नै हो ।’

दुइ नव-नायिका जसिता र रेविकाले यो चलचित्रमा काम गर्दा आफूहरु अत्यन्त खुशी भएको बताए । निर्देशक मिलन चाम्सले आफूले यो चलचित्रलाइ निकै मिहिनेत गरेर बनाउने बताए । लभ स्टोरी जनराको यो चलचित्रलाइ नयाँ बर्षको अवसर पारेर रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

निर्माताद्धय गोविन्द शाही र सुदिप खड्काले नेपाली चलचित्र हेर्न दर्शकको आकर्षण बढेको भन्दै खुशी व्यक्त गरे । साढे २ करोड बजेटमा यो चलचित्र बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment