Comments Add Comment

फेस्टिभ मुडमा क्लासिक फेसन

 


समयानुकुल पहिरनको खोजीले वाह्रैमास चलायमान बनाउछ, फेसन बजारलाई । कहिले स्पि्रङ त कहिले समर फेसन । कहिले विन्टर त कहिले अटम फेसन । यहि मौसमी चक्र अनुसार फेसन बजारमा थरीथरीको बान्की देखापर्छ । फेसन विज्ञहरु भन्छन् पनि, ‘समय र मौसमले नै फेसन ट्रेन्डलाई डोहोर्‍याउने हो ।’

यतिवेला चाडवाडको मौसम छ । यसले पनि नेपाली फेसनमा भिन्नखाले रुपरंग पोतेको छ । खासगरी चाडपर्वमा ट्रेडिसनल र क्लासिक वेयरको जगजगी देखिन्छ । जस्तो कि, दौरा सुरुवाल, कोट पाइन्ट, साडी, कुर्ता सुरुवाल, घाँघर चोली एवं लेहेंगा ।

डिजाइनर तेन्जिङ छेतेन भुटियाका अनुसार, ‘चाडवाडमा परम्परागत पहिरनलाई थोरै मोर्डनाइज्ड गरेर लगाउने प्रवृत्ति देखिएको छ । चाहे त्यो दौरा सुरुवालको सवालमा होस् वा लेहेंगा, साडीकै सन्र्दभमा ।’ यद्यपी परम्परागत पहिरनलाई परिमार्जित गर्नमा केटीहरु वढी अगाडि रहेको भुटियाको बुझाई छ । ‘परम्परागत पहिरनलाई नयाँ ढाँचामा प्रयोग गर्न उनीहरु माहिर हुन्छन्’ भुटिया भन्छन्, ‘त्यसैले उनीहरुको गेटअपमा केहि न केहि नयाँपन देखिन्छ ।’

जवकी पुरुषहरु पहिरनमा नयाँ अभ्यास गर्न उत्ति जाँगर चलाउँदैनन् ।

लेहेंगा होस् वा कुर्ता सुरुवाल, अहिले परिमार्जित स्वरुपमा आएको छ । विगतमा जस्तो हेभी वा इम्व्राइडी गरिएको लेहेंगा, कुर्तालाई हल्का पि्रन्टेट र सिल्क डिजाइनले विस्थापित गरेको छ । डिजाइनर विश्व गौतम भन्छन्, ‘हेभी वा भद्दा खालको डिजाइन खासै चलेको छैन ।’ गौतमको अनुसार चाडपर्वमा परम्परागत पहिरनको महत्व हुने भएपनि त्यसलाई परिमार्जित स्वरुपमा प्रस्तुत गरिन्छ ।

साडी बिवाहित र वयस्क महिलाको पि्रय पहिरन हो । युवतीहरुले कुर्ता सुरुवाल रुचाउँछन् । लेहेंगामा भने उमेरको कुनै भेद छैन, ७ वषिर्य वालिकाले लगाए हुन्छ, अधवैंशेलाई पनि उत्तिकै खुल्छ । किशोरवयका लागि त र्फमल वेयरमा लेहेंगा निर्विकल्प रोजाइ हो ।

चाडवाडको वेला दौरा सुरुवालमा ठाँटिने तन्नेरीको संख्या पनि बढ्दो छ । उनीहरु थोरै मोर्डनाइज्ड गरेको फिटिङ्स दौरा सुरुवाल रुचाउने डिजाइनर समा वानु वताउँछिन् । र्फमल वेयरमा कोट र जिन्स कम्विनेसन पनि निकै चल्तीमा छ ।

‘अहिले आफ्नै मौलिक पहिरन लगाउनुपर्छ भन्ने भावना पाइन्छ’ डिजाइनर राजेश धाख्वा भन्छन्, ‘त्यसैले चाडपर्वको अवसरमा दौरासुरुवाल लगाउने, साडी लगाउने चलन वढेको छ ।’ खासगरी विदेशमा वस्ने नेपालीहरुमाझ यस्तो पहिरन शैली लोकपि्रय रहेको वताउँदै धाख्वा भन्छन्, ‘टिका थाप्दा होस् वा देउसी खेल्दा, मौलिक पहिरन नै सुहाउँदो देखिन्छ ।’ मौलिक पहिरनमा प्राकृतिक फेबि्रक प्रयोग गर्नु थप अर्थपूर्ण हुने उनको भनाई छ ।

दशैं तिहारमा फुल लेन्थ अनारकली, टु पिस लेहेंगा, सेरवानी कुर्ता जस्ता ट्रेडिसनल पहिरनमा ट्रेन्डी लुक्स पस्कन सकिने डिजाइनर परी श्रेष्ठ वताउँछिन् । लेहेंगामा क्रप टप्स र किमोनो स्लिभको कम्विनेसन पनि निकै खुल्छ । त्यस्तै सेरवानी कुर्ती र सरारा पाइन्टपनि र्फमल वेयरकै रुपमा प्रयोग गर्न सकिने डिजाइनर श्रेष्ठको भनाइ छ । यो सिजनमा अनारकलीलाई लङ आउटरसँग लगाउँदा राम्रो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment