Comments Add Comment

दार्चुलामा म्याद नागेका खाद्य वस्तु र गुणस्तरहीन मासु विक्री गरिँदै

२८ भदौ दार्चुला । दशैं तिहार नजिकिँदै जाँदा बजार अनुगमन समितिले दार्चुला सदरमुकाम खलंगामा अनुगमन तीव्र बनाएको छ । अनुगमनका क्रममा म्याद नागेका खाद्यबस्तुहरु तथा गुणस्तरहीन मासु विक्री गरिएको भेटिएको छ ।

चाडपर्वका बेला हुने कालोबजारी, म्याद नाघेका सामाग्री विक्री वितरणलाई नियन्त्रण गरी उपभोक्ता हितलाई कायम राख्न बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीले जानकारी दिए ।

जिल्ला सदरमुकाम खलंगामा रहेका केही मासु पुसलहरुमा सडेको मासु विक्री वितरण गर्ने गरेको, मासु पसलहरुको सरसफाईको अवस्था लगायत मासु पसल सञ्चालनका मापदण्ड समेत पूरा नगरेको बजार अनुगमन समितिका अध्यक्ष एवं सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।

जिल्ला सदरमुकाम क्षेत्रमा मात्रै दर्जन बढी मासु पसलहरु छन् । तर, ती पसलहरुमा विक्री वितरण गरिने मासु त्यत्तीकै काटेर झुण्ड्याइनु बाहेक अन्य प्रक्रिया नपुगेको बेला बेला गुनासो आउने गरे पनि सुधार हुन सकेको छैन् ।

आधुनिक बधशाला नहुुनु, स्वास्थ्य परीक्षण नगरिएका कुखुरा, खसी बाख्रा लगायतका पशुपन्छीहरुको मासु विक्री हुनु तथा भारतबाट सीमापार गरी मरेका कुखुरालाई बेच्ने गरेको सार्वजनिक हुँदा पनि सम्बन्धित निकायले खासै चासो नदिएको उपभोक्ताको गुनासो छ ।

त्यति मात्रै होइन खुद्रा तथा किराना पसलहरुमा म्याद नागेका खाद्य पदार्थहरु, मसला, पेय पदार्थ विक्री वितरण गर्ने गरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment