+
+
Shares

सवारी साधनमा आरक्षण सिटको कार्यान्वयन भएन

बिकास मरहट्टा बिकास मरहट्टा
२०७४ भदौ २८ गते १७:५३

२८ भदौ, गोरखा । गोरखामा चल्ने अधिकांश भाडाका सवारी साधनमा आरक्षण सिटको कार्यान्वयन नभएको पाइएको छ । बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालयले यसबारे अनुगमन गरेको थियो ।

‘भाडामा चल्ने बस र माइक्रोमा महिला, अपाङ्ग तथा जेष्ठ नागरिकका लागी सिट भनेर लेख्नुपर्छ,’ जिल्ला प्रहरी कार्यालय अन्तरगत महिला तथा बालबालिका सेवा केन्ऽकी प्रमुख इन्स्पेक्टर कमला नरालले भनिन्, ‘तर जिल्लामा चल्ने अधिकांश सवारीमा यस्तो भेटिएन ।’

केही बस तथा माइक्रोमा लेखेको भेटिएपनि कार्यान्वयन भने नभएको प्रहरी निरिक्षक नरालले बताइन् ।

‘यातायात व्यवसायीलाइ पत्र काटेर सुरुमा सचेत गराएका छौं, अबको केही दिनमा पनि यसको कार्यान्वयन नभए कारवाही गर्छाै,’ उनले भनिन् ।

आगामी दिनमा अभियानलाइ निरन्तरता दिँदै कार्यान्वयनको पाटोमा लैजाने उनको भनाइ छ । नजिकिँदै गरेको चाडवाडलाई लक्षित गरी सवारी चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?