+
+
Shares

धनगढी उपमहानगरले १० वर्षको बिद्युत महशुल बुझाउन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २९ गते १४:१६

२९ भदौ, कैलाली । धनगढी नगर क्षेत्र भित्रका सडकमा बत्ति जडान गर्ने जिम्मा लिएको धनगढी उप-महानगरपालिका कार्यालयले झण्डै दशकयताको सडक बत्तिको महशुल बुझाएको छैन ।

उपमहानगरपालिकाको कार्यालयले २०६४/०६५ यता २०७४ असारसम्म ५ करोड ४३ लाख विद्युत महशुलको रकम नबुझाएको नेपाल विद्युत् प्राविधिकरण धनगढी वितरणका शाखाका लेखा प्रमुख गोविन्दप्रसाद ढकालले बताए ।

सेवाग्राहीले ६० दिनभित्र विद्युत् महसुल नबुझाएमा कारबाही गर्दै आएको विद्युत प्राधिकरणले धनगढी उपमहानगरपालिकाले भने झण्डै १० वर्षसम्म पनि विद्युत् महशुल नबुझाँदासम्म कुनै कारवाही अगाडि बढाएको छैन ।

धनगढी उपमहानगरपालिका कार्यालयले पनि यो समस्या सबै ठाउँमा रहेकाले विद्युत महशुल बुझाउनबाट पन्छिने गरेको छ । विद्युत महशुलका लागि मन्त्रालयबाट रकम नआउने भएकाले महशुल बुझाउन नसकिएको धनगढी उप-महानगरपालिकाका नायव सुब्बा कृष्ण प्रसाद जोशीले बताए ।

करिब साढे ५ करोड रुपैयाँ विद्युत् महशुल समयमै नबुझाउँदा नियमित आउनुपर्ने राजस्व रोकिएको छ । धनगढी उपमहानगरपालिका कार्यालयले सडक बत्तिको वाषिर्क सात लाख बराबर महसुल बझाउनुपर्ने हुन्छ । तर एक दशकदेखि एक रुपैयाँ पनि बुझाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?