Comments Add Comment

मृत्त कोशिका र छिद्रमा जमेको मैला हटाएर यसरी पाउनुहोस् चम्किलो अनुहार


अहिले प्रदूषण र असन्तुलित खानपानको कारण स्वास्थ्यका साथै छालामा पनि असर परिरहेका छ । यसैको कारण छालामा डन्डिफोर आउने, दाग बस्ने, रुखो हुने समस्या देखिन्छ ।

धुँवा, धूलोले गर्दा छालामा अनेकौ मैला जम्न पुग्छ । त्यसमाथि मृत्र कोशिकाले छालाको सौन्दर्य फिका बनाउँछ । मृत्त छाला एवं डेथ स्किन एक यस्तो अवस्था हो, जसलाई हरेक व्यक्तिले सामना गर्नुपर्छ । मृत्त छालाले नयाँ छालाको निर्माण वाधा पुर्‍याउँछ । यद्यपी यसबाट छुटकारा पाउनका लागि अनेकौ उपाय छन् । घरेलु विधीबाट समेत मृत्त छाला हटाएर छालामा ताजगी ल्याउन सकिन्छ ।

– छालालाई मोश्चराइजिङ, क्लिजिङ गर्नु एकदमै आवश्यक हुन्छ ।

– धुलो मैलाले अनुहारमा मृत्त कोशिका जम्मा हुन्छ ।

– अनुहारको मृत्त कोशिका हटाउनका लागि मनतातो पानी उपयोगी हुन्छ ।

तातो पानीको बाफ

– छालालाई भित्रैबाट सफ   गर्नका लागि र छालालाई प्राकृतिक चमक प्रदान गर्नका लागि तातो पानीको बाफ लिनुपर्छ ।

– अनुहारको मृत्त छाला हटाउन र रुखोपन क मगर्नका लागि बाफ राम्रो उपाय हो । यसले छालालाई एकदमै ताजगी दिन्छ ।

– जाडो महिनामा अदुवा, ल्वाङ तातोपानीमा हालेर बाफ लिनुपर्छ ।

– तातो पानीको बाफले बन्द नाक खुल्छ र श्वासप्रश्वास प्रक्रिया सहज हुन्छ ।

– तातो बाफ लिँदा शरीरको तापमान पनि बढ्छ । यसले रक्त धमनी बिस्तार हुन्छ, रक्त प्रवाह राम्ररी हुन पाउँछ । त्यही कारण छालाको छिद्र खुल्छ । साथै शरीरमा भरपुर शक्ति मिल्छ ।

कफी र महको स्क्रब

कफी र मह दुबै हाम्रो भान्सामा सजिलै पाइन्छ । यी दुबैको लेप बनाएर सक्रब गर्नुपर्छ, मृत्त छाला हटाउन सकिन्छ । साथै छालामा प्राकृतिक चमक पनि प्रदान गर्छ । कफीमा पाइने तत्वले छालालाई सफा बनाउँछ । त्यस्तै महले छालालाई पोषण दिन्छ । यी दुबैको मिश्रणको स्क्रबबाट मृत्त छाला हटाइन्छ ।

चिनी र कागतिको रसको स्क्रब

यो स्क्रब छालाको हरेक समस्याको समधान हो । चिनी र कागतिको मिश्रणबाट बनाइएको स्क्रबले मृत्त छालालाई हटाउँछ र छालालाई प्रकृतिक चमक प्रदान गर्छ ।
यसका लागि आधा चम्चा चिनी र एक चम्चा कागतिको रस मिसाएर पेस्ट बनाउनु पर्छ । उक्त पेस्टलाई हातले गोलाकार रुपमा मसाज गर्नुपर्छ । स्क्रबपछि छालालाई सफा र सितल पानीले सफा गर्नुपर्छ ।

बेसन र चामलको स्क्रब

बेसन र चामलको स्क्रब बनाएर मृत्त छालालाई हटाउन सकिन्छ । यसका लागि चामललाई धोएर पिस्नुपर्छ । अब एक चम्चा चामलको पाउडरमा एक चम्चा बेसन र पानी मिसाएर गाढा पेस्ट बनाउँने । यसलाई छालाको चारैतिर घुमाएर लगाउनुपर्छ । ५ मिनेटपछि सफा पानीले पखाल्नुपर्छ ।

मसुरो दाल र दुधको फेस प्याक

मसुरो दाल र दुधको फेस प्याकले छालाको मृत्त कोशिका हटाउँछ । अनुहारमा पोषण प्रदान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment