Comments Add Comment

हराइन् अनिता


चलचित्र सम्बन्धी कार्यक्रममा नायिका अनिता आचार्यलाइ फाट्टफुट्ट रुपमा चलचित्रकर्मी र पत्रकारले देख्न पाउँछन् । तर, उनलाइ दर्शकले पर्दामा भने हेर्न नपाएको केही बर्ष भैसक्यो ।

अनितालाइ दर्शकले २ वटा चलचित्रमा हेर्न पाएका थिए । चलचित्र ‘अलबिदा र सरी ल’ । तर, करिअरमा उनका लागि यी दुबै चलचित्र ‘लक’ लाग्न सकेन । बक्स अफिसमा यी दुबै चलचित्र पूर्ण रुपमा फेल खाए । जसकाकारणले पनि अनिताले आफ्नो करिअर अगाडि बढाउन सकिनन् ।

अहिले त उनी चलचित्र क्षेत्रबाट नै हराए जस्तै छिन् । केही चलचित्र असफल भएपनि केही नायिकाहरु निरन्तर अगाडि बढेका छन् । तर, अनितालाइ २ वटा चलचित्र असफल भएपछि अफर नै आएन कि चलचित्र नै खेल्न मानिन्, यो त उनले नै जान्ने कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment