+
+
Shares

जाजरकोट अस्पतालले अब २४ सै घन्टा आकस्मिक प्रसूति सेवा दिने

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ३१ गते ९:२०

३१ भदौ, जाजरकोट । जाजरकोट अस्पतालमा शुक्रबारदेखि २४ सै घन्टा आकस्मिक प्रसूति शल्यक्रिया सेवा शुरु भएको छ ।

सांसद शक्तिबहादुर बस्नेतले औपचारिक रुपमा उद्घाटन गरी सो सेवा शुरु गरिएको हो ।

जाजरकोटमा सुत्केरी सेवा नहुँदा हजारौं खर्च गरेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । कर्णाली विज्ञान प्रतिष्ठानका चिकित्सकद्वारा अस्पतालमा सो सेवा दिइने छ ।

सो अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता बस्नेतले स्वास्थ्य सेवामा व्यापक सुधार गर्नुपर्नेमा जोड दिँदै निकै ठूलो मेहनतपछि सो सेवा विस्तार गरिएकाले सबैलाई सहयोग गर्न आग्रह गरे ।

उनले जाजरकोट, डोल्पा हुँदै तिब्बत, जाजरकोट, जुम्ला, मध्यपहाडी लोकमार्ग र दाङ हुँदै मुगु जोड्ने नयाँ सडकको काम भइरहेको जानकारी दिँदै रिम्ना र कुदुमा लिफ्ट सिँचाइको काम अब छिट्टै शुरु हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?