Comments Add Comment

आर्थिक समाचार: कर्जा लिन मान्दैनन् निजी क्षेत्र

१ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भए पनि निजी क्षेत्रको कर्जा लिन मानिरहेका छैनन् । चर्को व्याजका कारण निजी क्षेत्रले कर्जा लिन नमानेका हुन् । बैंकहरुले व्याजदर नघटाएसम्म कर्जा लिन नसकिने नेपाल वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए ।

कर्जा लिन मान्दैनन् निजी क्षेत्रलाई अन्नपूर्ण पोष्ट दैनिकले मुख्य समाचार बनाएको छ । एनआरएन अध्यक्षमा भट्टको उम्मेदवारीलाई पनि अन्नपूर्णले लेखेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई हटाउने खेल सम्बन्धी समाचार पनि नागरिकले लेखेको छ ।

निर्वाचन आयोगलाई पाँच अर्ब निकासालाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । निगम अधिकारीलाई कारबाही गर्न स्थानीयको माग भन्ने खबर नागरिकले लेखेको छ । योजना स्वीकृतिमा लापरबाहीले राज्यलाई भार थपिँदैलाई पनि नागरिकले लेखेको छ ।

५ वर्षमा ७७ अर्बको जडिबुटी निर्यातलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । एनआरएन अध्यक्षमा भट्टको उम्मेदवारी घोषणालाई पनि कारोबारले लेखेको छ । बजेट काटिँदा साक्षर नेपाल धरासयी भन्ने खबर कारोबारमा छापिएको छ ।

राजस्व वृद्धिदर कमजोरलाई मुख्य समाचार बनाएको नयाँ पत्रिकाले दसैंका लागि खसी–बोका बिक्री घटस्थापनादेखिलाई पनि लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment