Comments Add Comment

जाजरकोटमा माओवादीले उम्मेदवारकोे टुंगो लगायो

'लाईफ कोच' कार्की प्रदेशसभामा चुनाव लड्ने

१ असोज, जाजरकोट । नेकपा (माओवादी केन्द्र) जाजरकोटले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावमा भाग लिनका लागि जाजरकोटबाट उम्मेदवारको टुंगो लगाएको छ ।

माओवादीले प्रदेशसभाका लागि जाजरकोट क्षेत्र नं १ बाट गणेशप्रसाद सिंह र क्षेत्र नं २ बाट नरबहादुर कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य कालीबहादुर मल्लले बताए ।

२ नं. क्षेत्रका उम्मेदवार कार्की ‘लार्इफ काेच’ हुन् । यूएनडीपी र डब्लुएचअोमा काम गरेका कार्की कै अवधारणा अनुसार नेपालमा वर्थिङ सेन्टर स्थापना र पूर्णखोप अभियान सन्चालन गरिएको हो ।

कार्कीले अहिले शून्य लगानीमा नेपालबाट बालविवाहमुक्त गर्ने अभियान सन्चालन गरेका छन् । विश्वका १०० प्रभाशाली कोचमा परेका उनले द्न्द्ग्रस्त क्षेत्रका नागरिकहरूलार्इ समेत खुसीका साथ जीवन जिउने कला सिकाएर चर्चामा अाएका थिए ।

त्यस्तै प्रतिनिधिसभाका लागि पूर्व गृहमन्त्री तथा क्षेत्र नं १ का सांसद् शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाएको छ । प्रदेश नं ६मा पर्ने जाजरकोट जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र कायम गरिएको छ । यसअघि दुई निर्वाचन क्षेत्र थिए । प्रदेशसभा सदस्यका लागि भने दुई निर्वाचन क्षेत्र कायम गरिएको छ ।

विसं २०४८ देखि अहिलेसम्म जिल्लामा दोहोरिएर कुनै उम्मेदवारले जितेको रेकर्ड छैन । २०४८ सालमा एक सिट कांग्रेस र अर्को एमाले, २०५१ सालमा दुवै सिट कांग्रेस, २०५६ सालको चुनावमा एकमा राप्रपा, पहिलो संविधानसभाको चुनावमा दुवै क्षेत्र माओवादी केन्द्र, दोस्रो संविधानसभामा क्षेत्र नं १ मा माओवादी केन्द्र र क्षेत्र नं २मा कांग्रेसले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment