Comments Add Comment

चाडपर्वमा राजधानीको सुरक्षा व्यवस्था कडा

१ असोज, काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले दशैं, तिहार र छठ पर्वमा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउने गरी उपत्यकाको सुरक्षा व्यवस्था मिलाइएको छ ।

परिसरका प्रमुख, बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रविन्द्रबहादुर धानुकले दशैं, तिहार र छठमा अपि्रय घटना हुन नदिने गरी उपत्यकाको सुरक्षा व्यवस्था मिलाइएकेा जानकारी दिए ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले उपत्यकाबाट चाडपर्वका लागि गन्तव्यतर्फ जाने यात्रुहरुलाई समेत पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको अप्रिय र अपराधिक घटना हुन नदिन ३ चरणको सुरक्षा रणनीति तय गरी सोही अनुसार प्रहरीको योजनावद्ध परिचालन गर्न लागिएको पनि स्पष्ट पारे ।

परिसरले चाडपर्वको अवसर पारेर हुने चोरी र अपराधका घटना हुन नदिन बसपार्क टिकट काउन्टरमा समेत सुरक्षाकर्मीहरुको व्यापक परिचालन गर्ने योजना बनाएको छ ।

स्थानीय प्रशासनसँग समन्वय गरेर शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउने पनि एसएसपी धानुकले बताए । प्रहरीले चाड पर्वकै अवसर पारेर बजार अनुगमनको कामलाई पनि तीव्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment