Comments Add Comment

टुर दी पोखराको तेश्रो संस्करण असोज ७ मा

 

१ असोज पोखरा । साइकल सिटी पोखराले यस वर्ष पनि ‘टुर दी पोखरा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । साइकल सिटी पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी ‘टुर दी पोखरा’को तेश्रो संस्करण असोज ७ गते गर्ने जनाएको हो ।

‘स्वस्थ्य र वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने मूल नाराका साथ हुने कार्यक्रममा करिब ८ सय सहभागी हुने अपेक्षा गरिएको आयोजक साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्यले बताए ।

प्ाोखरा रंगशालाबाट सुरु हुने र्‍याली २६ दशमलव ५ किलोमिटरको हुनेछ । साइकल र्‍यालीमा सहभागी हुन चाहने तर, साइकल नभएकालाई न्युन शुल्कमा साइकलको व्यवस्था गरिने बताइएको छ ।

कार्यक्रममा २५ भन्दा बढी विदेशी पर्यटकलाई पनि र्‍यालीमा सहभागि गराईने संयोजक कर्माचार्यले बताए ।

‘टुर दी पोखरा’ कार्यक्रममा करीब ४० वर्षदेखि साइकलको व्यवसाय गर्दै आएका चालिसे साइकल सपका सञ्चालक शिवप्रसाद चालिसेलाई सम्मान गरिने भएको छ । साइकल ब्यबसाय गरेर साइकल चढ्ने बानीको विकास सँगसँगै साइकलको प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएकाले सम्मान गर्न लागिएको कार्यक्रम संयोजक कर्माचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment