+
+
Shares

निर्माताले दिए नायक प्रदीप खड्कालाई महंगो कार उपहार !

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १ गते २१:२६

अचेल सिनेमा बजारमा नायक प्रदीप खड्काकै चर्चा छ । कहिले दीपेन्द्र सरकारको भूमीका, कहिले अफ्रिकन बडीगार्डको स्टन्ट त कहिले २० लाख माथि पारिश्रमिकको दावी ।

त्यसमाथि प्रदीपको चर्चाको अर्को कारण थपिएको छ- उनले पाएको झण्डै आधा करोडको गाडी उपहारको ।

साउन १३ गतेबाट रिलिज भएको चलचित्र ‘प्रेमगीत २’ले सफल प्रदर्शनको ५१ औं दिनको अवसर पारेर मनाइएको उत्सवमा  निर्माता कम्पनी आशुसेन फिल्मस्ले नायक प्रदीप खड्कालाई  ५० लाख माथिको महंगो कार उपहार दिएको छ ।

निर्माता सन्तोष सेनले नायक खड्कालाई रातो रंगको कार उपहारस्वरुप हस्तान्तरण गरे । प्रदिपले आशुषेन फिल्मस्को ब्यानरमा रहेर चलचित्र ‘प्रेमगीत र प्रेमगीत २’मा काम गरेका थिए । उनले, यही ब्यानरमा बन्ने चलचित्र ‘दीपेन्द्र सरकार’मा पनि काम गर्नेछन् ।

नायक प्रदिप खड्काले चलचित्र ‘लिलिबिली’को कार्यक्रममा ४ जना बडिगार्ड सहित उपस्थित भएको कुराले बजार तताएपछि त्यसको जवाफ सफलता पार्टीमा दिए । उनले आफूलाई बडिगार्ड नचाहिने समेत बताए । साथमा उनले सो कार्यक्रममा आफूलाई सम्मान दिइएको दावी गरे ।

‘प्रेमगीत २’को शिर्ष गीतको कभर भिडियो गाउने विजेता महिला र पुरुषको नाम पनि कार्यक्रममा घोषणा गरियो ।  रामशरण पाठकको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रदिपको साथमा अश्लेषा ठकुरी, सरोज खनाल, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?