Comments Add Comment

बेलको गोलसँगै रियल मड्रिड विजयी

२ असोज, काठमाडौं । ग्यारेथ बलको गोलको मदतमा रियल मड्रिडले रियल सोसिडाडलाई हराएको छ ।

आइतबार राति भएको खेलमा रियल मड्रिडले ३–१ को जित निकाल्दै रियल सोसिडाडको विजयी यात्रामा रोक लगाएको छ । उसको यो सिजनको पहिलो हार हो ।

सोसिडाडको घरेलु मैदानमा भएको खेलमा रियलले १९ औं मिनेटमा मायोरलको गोलबाट अग्रता लिएको थियो ।

तर, २८ औं मिनेटमा रोड्रिग्वेजले बराबरी गोल फर्काए । ८ मिनेटपछि उनले नै आत्मघाती गोल गर्न पुगे र, पहिलो हाफमा रियल मड्रिडले २–१ को अग्रता लियो ।

खेलको ६१ औं मिनेटमा बेलले गोल गर्दै रियल मड्रिडलाई ३–१ गोल अन्तरको जित निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment