Comments Add Comment

राष्ट्रपतिद्वारा निर्वाचनमा सहभागी हुन आग्रह

२ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गका साथ सहभागी भई संविधानप्रदत्त बालिग मताधिकारको प्रयोग गर्न आम मतदातालाई आग्रह गरेका छन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपाली जनताको लामो संघर्षको फलस्वरुप संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भएपश्चात् हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीलाई निर्वाचन शान्तिपूर्ण ढंगले उल्लासमय रुपमा सफल बनाउन आह्वान गरेकी छन् ।

उनले विज्ञप्तिमार्फत निर्वाचनले गाउँ तथा नगरमा नेतृत्व स्थापित गर्दै स्थानीय तहलाई अधिकार र दायित्वले सम्पन्न तुल्याइ सामाजिक र आर्थिक समृद्धिको ढोका खोल्ने विश्वास व्यक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment