Comments Add Comment

मध्यान्हसम्म ३५ प्रतिशत मतदान

२ असोज, काठमाडौ. । तराईका ८ जिल्लामा भइरहेको स्थानीय तहको तेस्रो चरणको चुनावमा मध्यान्हसम्म ३५प्रतिशत मत खसेको छ ।

आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदानमा मध्यान्ह १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी.) बाट प्राप्त पछिल्लो जानकारी अनुसार, सबै मतदान केन्द्रहरुमा मतदाताहरू ठूलो संख्यामा लामबद्ध भई शान्तिपूर्ण एवं उत्साहजनरूपमा मतदान कार्यमा सहभागी भइरहेको आयोगले जनाएको छ ।

मतदान कार्य साँझ ५ बजेसम्म जारी रहने छ । प्रदेश नं. दुईका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा सोमबार भएको यस निर्वाचनबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६२७ जना प्रतिनिधिहरू निर्वाचित हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment