Comments Add Comment

हकङकविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, ललित र सुशील नयाँ अनुहार

२ असोज, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत हकङकविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

नयाँ अनुहारका रुपमा ललित भण्डारी र सुशील कँडेल छन् । ललित लेफ्ट आर्म मिडियम पेश र कँडेल लेफ्ट आर्म स्पीनर हुन् ।

पारस खड्का कप्तान रहेको १४ सदस्यीय नेपाली टोलीमा बलर हावी भएका छन् । बसन्त रेग्मी भेट्रान स्पीनर हुन् भने सोमपाल कामी र करण केसी फास्ट बलर छन् । यस्तै सन्दिप लामिछाने र सुशन भारी पनि बलर नै हुन् ।

उपकप्तान ज्ञानेन्द्र मल्ल रहेको टोलीमा शदर भेषावकर, सागर पुन, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी पनि छन् । अहिलेसम्मको अवस्था हेर्दा नेपालको ओपनिङ ज्ञानेन्द्र मल्ल र सागर पुनले गर्नेछन् ।

जितेन्द्र मुखिया, नरेश बुढायर, मेहबुब आलम र कुसल भुर्तेल भने बैकल्पिकमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment