Comments Add Comment

सप्तरीमा मतगणना सुरू, सप्तकोशीमा माओवादी, खडकमा कांग्रेस अगाडि

३ असोज, सप्तरी । सप्तरीमा आज बिहानदेखि विभिन्न स्थानीय तहको मतगणना शुरु भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार विहान ९ः०० बजेसम्मको प्रारम्भिक मतगणनामा खडक नगरपालिकामा नेपाली काँग्रेस पहिलो, नेपाल लोकतान्त्रिक फोरम दोस्रो र नेकपा ९एमाले० तेस्रो स्थानमा रहेका छन् ।

काँग्रेसले ११४, नेपाल लोकतान्त्रिक फोरम ६३ र एमालेले ५७ मत प्राप्त गरेको बताइएको छ ।

यस्तै, सप्तकोशी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले १८७ मत ल्याएर पहिलो स्थानमा, नेकपा (एमाले) पछ्याउँदै १६५ मत लिएर दोस्रो, नेपाल लोकतान्त्रिक फोरम भने १८ मत ल्याएर तेस्रो स्थानमा रहेको छ ।

यसैबीच, जिल्लाको विष्णुपुर गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र सुरुंगा नगरपालिकामा मतगणना बिहान शुरु भएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत महेश ठाकुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment