+
+

राजविराजबाहेक १३५ वटै स्थानीय तहको मतगणना जारी

रासस रासस
२०७४ असोज ३ गते १७:१६

३ असोज, काठमाडौं । प्रदेश नं २ का १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमा राजविराज नगरपालिकाबाहेक सबै स्थानीय तहको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेर्इओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार, १३६ स्थानीय तहमध्ये १३५ वटा स्थानीय तहको मतगणना जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सरु हुनेछ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?