+
+
Shares

प्रचण्डलाई रामचन्द्रको सुझाव- प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा नउठाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ३ गते २०:१४


३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा नउठाउन माओवादी केन्द्रलाई सुझाव दिएका छन् ।

माओवादी केन्द्रले अहिलेको शासकीय स्वरुपले राजनीतिक स्थीरता नहुने भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा अघि सारेको छ ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा कांग्रेस नेता पौडेलले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको बहसले फेरि राजनीतिक अस्थीरता ल्याउने आशंका गरे ।

‘आज आएर प्रचण्डले राष्ट्रपतीय प्रणालीको कुरा गरिरहनुभएको छ, यो उचित होइन,’ पौडेलले भने, ‘अनेक बाहनाबाजी गरेर अस्थिरता पैदा गर्नुहुँदैन ।’

बेलायत, भारत लगायत मुलुक कार्यकारी प्रधानमन्त्रीको अभ्यासबाट विकसित भएको उदाहरण उनले पेस गरे ।

उनले संसदीय प्रणालीलाई स्थापित गर्नको लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?