Comments Add Comment

अनुष्का भन्छिन्-‘१५ बर्षमै मेरो आत्मसम्मानमा धक्का लाग्यो’


बलिउड नायिका अनुष्का शर्मा अहिले करिअरको एउटा उचाइमा छिन् । बलिउडमा एकपछि अर्को सफल चलचित्रमा काम गरिरहेकी अनुष्काले आफ्नो जीवनको केही खुलासा गरेकी छिन् ।

उनले १५ बर्षको उमेरमा नै आफूले चलचित्र क्षेत्रमा ‘रिजेक्शन’ भोगेको बताएकी छिन् । उनले भनेकी छिन्-‘मैले १५ बर्षको उमेरमा नै ‘रिजेक्शन’ भोगेकी छु । साथमा, आफ्नो अनुहारलाइ लिएर धेरै कमेन्ट पनि फेस गरेकी छु ।’

उनले कैयौ पटक त आफूले हस्ताक्षर गरिसकेको चलचित्रबाट आफूलाइ हटाइएको समेत खुलासा गरेकी छिन् । अनुष्काले एक चर्चित वेभसाइटलाइ दिएको अन्र्तवार्तामा भनेकी छिन्-‘मैले आफ्नो व्यवसायिक र संघर्षपूर्ण करिअरलाइ लिएर कुनै पनि कुरा गरेकी छैन ।

१५ सालकै उमेरमा मैले चलचित्रबाट रिजेक्शन भोग्नु परेको थियो । यसले मलाइ मानसिक रुपमा तनाव पनि भयो । मेरो आत्मसम्मानमा ठेस पुर्‍याउने काम पनि गरियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment