Comments Add Comment

काठमाडौं-निजगढ द्रुतमार्ग निर्माण समयमै सकिन्छः नेपाली सेना

४ असोज, काठमाडौं । नेपाली सेनाले काठमाडौं निजगढ द्रुतमार्ग निर्माणको काम तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।

नेपाली सेनाका इन्जिनियरिङ विभाग प्रमुख उपरथी योगेन्द्रबहादुर खाँडले काठमाडौं निजगढ द्रुतमार्ग निर्माणको काम तोकिएकै मितिमा सम्पन्न गर्ने प्रतिवद्धता जनाएका हुन् ।

बुधबार व्यवस्थापिका संसद अन्तरगतको विकास समितिको बैठकमा सहभागी उनले समयमै द्रुतमार्ग निर्माण कार्य सम्पन्न हुनेगरी १ वर्ष भित्र डिजाइनको सबै काम पूरा गर्ने लक्ष्य लिइएको जानकारी दिए ।

गत बैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले ४ वर्ष भित्र निर्माण कार्य सम्पन्न हुनेगरी द्रुतमार्ग निर्माणको काम पूरा गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार हाल डिजाइनको कामलाई उच्च प्राथमिकता दिइएको उपरथी खाँडले बताए ।

नेपाली सेनाले द्रुतमार्ग निर्माणको कामका लागि हाल मुआब्जा वितरणको काममा तीव्रता दिएको छ । मुआब्जा वितरणको कामलाई पनि सँगै अघि बढाइएको उपरथी खाँडले बताए ।

नेपाली सेनाले द्रुतमार्ग निर्माणका लागि स्वदेशी स्रोत र साधनकै परिचालन गर्ने योजना पनि बनाएको छ । त्यसका लागि स्वदेशी निर्माण व्यवसायीहरुसँग आवश्यक छलफल भइरहेको पनि उपरथी खाँडले जानकारी दिए । सकेसम्म स्वदेशी निर्माण सामग्रीलाई प्रयोग गरेर द्रुतमार्ग निर्माणको काम सम्पन्न गर्ने तयारी नेपाली सेनाको छ । नेपाली सेनाले द्रुतमार्ग निर्माणका लागि आवश्यक पेट्रोलियम पदार्थ आयल निगमबाट सोझै लिने व्यवस्था पनि गरेको छ ।

काठमाडौं निजगढ द्रुतमार्ग मुलुकको उच्च प्राथमिकतामा परेको राष्ट्रिय गौरवको आयोजना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment