+
+

सिरहाको कर्जन्हामा माओवादीको अग्रता, रातिसम्म परिणाम आउने

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ४ गते १७:३०

४ असोज, काठमाडौं । सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा माओवादीले अग्रता फराकिलो बनाएको छ ।

११ वटा वडा रहेको कर्जन्हा नगरपालिकामा बुधवार साँझ ५ बजेसम्म ८ वटा वडाको गणना सकिएको छ ।

८ मध्ये ६ वडामा माओवादी केन्द्रका उम्मेदवार बिजयी भएका छन् । एमालेले २ वटा वडामा जितेको छ ।

माओवादीले वडा नम्बर १ देखि ५ सम्मका सबै वडा र ८ नम्बर वडा जितेको छ । एमालेले ६ र ७ नम्बर वडामा बिजय हासिल गरेको छ ।

वडा नम्बर ९, १० र ११ को गणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राति अबेरसम्ममा गणना सकिने छ । कर्जन्हा माओवादी अध्यक्ष प्रचण्डले निर्वाचन जितेको क्षेत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?