Comments Add Comment

कान्तिपुर डेन्टल कलेजमा क्रान्तिकारीको प्यानलै विजयी

४ असोज, काठमाडौं । काठमाडौं विश्वविद्यालय अन्तर्गत कान्तिपुर डेन्टल कलेजको विद्यार्थी कल्याण परिषदको निर्वाचनमा माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीको प्यानलै विजयी भएको छ ।

बुधबार भएको निर्वाचनबाट परिषदको सभापतिमा अखिल क्रान्तिकारीका प्रकाशकुमार पाण्डेले १५७ मत प्राप्त विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी अशुतोष शुक्लले ८६ मत प्राप्त गरे

उपसभापतिमा राकेशमणि चौधरी, सचिवमा पंकज पाण्डे, सहसचिवमा लोकराज ढकाल र कोषाध्यक्ष पृथ्वी अधिकारी विजयी भएका छन् ।

त्यसैगरी सदस्यहरुमा प्रभाकर विश्वास, पवित्रा रेग्मी, अंकित जैसवाल र आलोकबाबु भट्टराई विजयी बनेका छन् । विजयी पदाधिकारीहरुलाई कलेज पुगेर क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ, उपाध्यक्ष सुरेन्द्र बस्नेत, उपाध्यक्ष विजय गौतम र महासचिव उत्तम अधिकारीले वधाई दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment