Comments Add Comment

शुक्रबारदेखि देशभरको अस्पताल बन्द गर्ने चिकित्सक संघको घोषणा

४ असोज, काठमाडाैं । नेपाल चिकित्सक संघले शुक्रबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

सरकारले उपचारको क्रममा विरामीको मृत्यु भएमा चिकित्सकबाटै क्षतिपूर्ति भराउने आशयको निर्णय गरेपछि चिकित्सक संघले आक्रोसित भ भएको हो । उसले निर्णय सच्याउन सरकारलाई ७२ घन्टे अल्टिमेटम दिएको थियो ।

तर, अल्टिमेटम दिएको भोलिपल्ट बसेको संघको बृहत बैठकले तीनबुँदे माग अघि सारेको छ । र, माग सम्बोधन नभए ६ गतेदेखि देशभरका अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

संघले असोज २ को निर्णय फिर्ता लिनु पर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ परिमार्जन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हातपात गर्नेलाई बिना धरौटी जेल चलान गर्ने व्यवस्था गर्नु पर्ने र विगतमा भएका सहमति कार्यान्वयनको माग राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment