Comments Add Comment

वैद्य माओवादी चुनावमा, मुठी चिह्न लिएर भिड्ने


६ असोज, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने भएको छ । क्रान्तिकारी माओवादीको बिहीबार सम्पन्न केन्द्रीय सचिवालयको बैठिकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।

यसअघि दोस्रो संविधानसभाको निर्वाचन बहिष्कार गरेको उक्त पार्टीले स्थानीय तह निर्वाचनमा भने उपयोग गर्ने रणनीतिअनुसार सहभागी भएको थियो । संविधानसभा बहिष्कार गरी संविधानप्रति असहमति जनाउँदै आएको वैद्य नेतृत्वको माओवादीले निर्वाचनमा सहभागी हुने निर्णय गर्दै मुठी चिह्न लिएर निर्वाचनमा जाने भएको आजको राजधानी दैनिकमा खबर छ ।

२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनलाई बहिष्कार गरेको तत्कालीन नेकपा माओवादीको गत वर्ष सम्पन्न केही समितिको बैठकले स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने निर्णय गरेको थियो । सोही अनुरुप क्रान्तिकारी माओवादीले पार्टीका वरिष्ठ नेता सीपी गजुरेलको अध्यक्षतामा चुनावी मोर्चा बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment