+
+
Shares

महोत्तरीको मटिहानीमा राजपा र बलवा नगरपालिकामा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ६ गते १०:२१

६ असोज, महोत्तरी । जिल्लाको मटिहानी नगरपालिकामा राजपाका हरिप्रसाद मण्डल ३४०३ मतका साथ मेयरमा विजयी भएका छन् । उपमेयरमा पनि राजपाकै शिबो देवि ३१७० मतका साथ विजयी भएकी छन् ।

मेयरका प्रतिद्वन्दी एमालेका मो. मुजिबुल रहमानले १५९७ मत ल्याए भने कांग्रेसका जुमैदा खातुनले १६५० मत पाएका छन् ।

यस्तै महोत्तरीकै बलवा नगरपालिकामा मेयरमा कांग्रेसका बिनोदकुमार यादव ३६६१ मतका साथ बिजयी भएका छन् । उपमेयरमा भने राजपाकी रीतादेबी झा ३८३६ मतका साथ विजयी भएका छन् ।

मेयरका प्रतिस्पर्धी राजपाका रामबिजय महतोले ३४९६ मत ल्याए भने उपमेयरका प्रतिस्पर्धी कांग्रेसकी रामदुलारी देविले ३७३७ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?