Comments Add Comment

धनुषाको धनुषाधाममा कांग्रेस र शहीदनगरमा माओवादी विजयी

६ असोज, धनुषा । जिल्लाको धनुषाधाम नगरपालिकामा नेपाली कांग्रेस र शहीदनगर नगरपालिकामा माओवादी केन्द्र विजयी भएका छन् ।

धनुषाधामको मेयरमा कांग्रेसका बालेश्वर मण्डलले ४४७३ मत ल्याएर विजयी भएका छन् । उपमेयरमा पनि कांग्रेसकै विद्यादेवी भुजेल ४२०७ मत ल्याएर विजयी भएकी छन् ।

मेयरका निकटतम प्रतिद्वन्दी एमालेका योगकुमार मण्डलले ३५५७ मत ल्याए भने उपमेयरमा एमालेकै अम्बिका कुमारी विश्वकर्माले ३७०३ मत ल्याएकी छन् ।

यता शहीदनगर नगरपालिकामा माओवादी केन्द्रका उदयकुमार यादव मेयरमा विजयी भएका छन् । उनले ५०९१ मत ल्याएका छन् । उपमेयरमा पनि माओवादीकै शीला देवी कापरीले ४७१२ मत ल्याएर विजयी भएकी छन् ।

मेयरका निकटतम प्रतिद्वन्दी कांग्रेसका देवकुमार भरखेरले ४२३९ र उपमेयरमा पनि कांग्रेसकै सुनिता कुमारी सिंहले ४०३९ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment