+
+
Shares

शिवको भिडियो रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ६ गते १८:०५
गायक तथा संगीतकार शिव परियारको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार तथा कवि श्वेता मैनालीका शब्दमा रहेको ‘बर्षौं भो छोडेको’ बोलको गीतको भिडियो दशैँको शुभ मुहर्त पारेर सार्वजनिक भएको हो ।
मैनालीको शब्द रचनामा गत वर्ष सार्वजनिक भएको ‘नभेटी नभेटी’को भाग दुईको रुपमा यो गीत ल्याईएको हो । यस गीतमा नेपालबाट आफु तथा आफ्नो परिवारको सुखद भबिष्यका लागि विदेशिने लाखौं नेपाली युवाहरुको जीवन कथा, आफ्नो परिवार प्रतिको माया प्रेम अनि सम्झना र पीडाले सताइरहने दैनिकीलाई उतारिएको छ ।
ब्रायन राईको निर्देशन तथा छायांकनमा बनेको गीतको भिडियोमा  नेपाली रंगमञ्च क्षेत्रका सुलक्षण भारती तथा केनिपा सिंहको जिवन्त अभिनय रहेको छ । यस गीतमा बिनय कंसाकारको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?