६ असोज, काठमाडौं । नेपाल टेलिकमले फोर-जी सेवा थालेपछि कम्पनीको डाटा खपत दर ह्वात्तै बढेको छ । गत पुसबाट सुरु भएको फोर-जी सेवाका कारण पहिलेको तुलनामा डाटा खपतदर ७० प्रतिशत बढेको टेलिकमले जनाएको छ ।
आफ्नो एकवर्षे कार्यकालको समीक्षा गर्न आयोजित शुक्रबार पत्रकार सम्मेलनमा टेलिकमकी महाप्रवन्धक कामिनीराज भण्डारीले देशका प्रमुख उपमहानरपालिकाहरुमा फोर-जी सेवा विस्तारका लागि टेण्डर गर्न अन्तिम तयारी भइरहेको बताइन् । उनले काठमाडौंमा पोखरामा ५ लाख ग्राहकले फोर-जी सेवा लिइएको जानकारी दिइन् ।
यसैगरी देशभर फोरजी सञ्चालनका लागि बोलपत्र आव्हान गर्ने तयारी अन्तिम चरणमा पुगेको उनको भनाइ थियो ।
डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा पनि थ्रीजी सेवा संचालन गरिएको टेलिकमले जनकारी दिएको छ । उनले त्रिवि शिक्षण अस्पतामा फ्री वाइफाई समेत सुरु गरेको बताइन् ।
टेलिमकले मोबाइल वित्तीय सेवा संचालन गर्न सहायक कम्पनी स्थापना गर्ने र अन्य कम्पनीसँगको सहकार्य सुरु गर्ने पनि बताएको छ ।
अप्टिकल फाइवर पुर्याउन सम्भव नभएको स्थानमा माइक्रोवेभ ट्रान्समिसन विस्तार गर्न लागिएको छ भने प्रिपेड सेवाग्राहीका लागि एयर टाइम क्रेडिट म्याजेमेन्ट संचालनमा ल्याउने कार्य अघि बढाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महाप्रवन्धक राजभण्डारीले यसै महिना चीनसँग पनि इन्टरनेट सञ्जालमा नेपाल जोडिने बताइन् ।
प्रतिक्रिया 4