Comments Add Comment

जनावरलाई थापेको विद्युतीय धरापमा परेर युवकको मृत्यु

६ असोज, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ जोरायलमा जंगली जनावरलाई थापेको विद्युतीय धरापमा परेर एक युवकको मृत्यु भएको छ । जोरायल टोल घर भएका अन्दाजी १७/१८ वर्षका डबल बहादुर भुलकोे विद्युतीय धरापमा परेर मृत्यु भएको हो ।

भारतमा रोजगारी गरेर केहि दिन अघि मात्रै उनी दशैं मान्न घर आएका थिए । शुक्रबार दिउँसो जंगल तर्फ जाने क्रममा सीता सामुदायीक वनसँगै रहेको धानको खेतमा जंगली जनावरलाई पासोमा पार्न थापिएको विद्युतीय धरापमा उनी परेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको छ ।

स्थानीय रामबहादुर चन्दले जंगली जनाबरबाट धानबाली जोगाउन विद्युतीय धराप राखेको बताइएको छ । घटनापछि भने चन्द फरार छन् ।

प्रहरी नायव महानिरीक्षक शरद चन्दले जुनसुकै कारणले भए पनि पनि विद्युतीय धराप राख्नु अपराध भएको भन्दै फरार रहेका चन्दको खोजी गरिरहेको बताए ।

केहि समय अघिमात्रै शिकारीले थापेको विद्युतीय धरापमा परी जंगली हात्तीको समेत मृत्यु भएको थियो । उक्त क्षेत्रमा शिकारीले जंगली जनाबर मार्नका लागि पहिलेदेखि नै विद्युतीय धराप प्रयोग गर्ने भएपनि वनकर्मी र प्रहरीको सकृयता नभएका कारण पटक-पटक यस्ता घटनाहरु हुने गरेको संक्षणकर्मी राजबहादुर ऐरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment