Comments Add Comment

रौतहटका १६ स्थानीय तहको नतिजा (विजेता दल र उम्मेदवारको सूचिसहित)

नेपाली कांग्रेस पहिलो, एमाले निल

७ असोज, रौतहट । जिल्लाका १८ स्थानीय तह मध्ये १६ वटा स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । गरुडा र कटहरीया नगरपालिकामा भने मतगणना जारी रहेको छ ।

अहिलेसम्म सार्वजनिक भएको नतिजा अनुसार ८ वटा स्थानीय तहमा कांग्रेसले जित हात पारेको छ भने संघीय समाजवादी फोरमले तीन, माओवादी केन्द्र र राजपाले दुई/दुई र फोरम लोकतान्त्रिकले एक स्थानीय तहमा जितेको छ ।

एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालकाको गृह जिल्लामा एमाले निल भएको छ । नेता नेपालको वडा र नगरपालिकामा राजपाका उम्मेदवार विजयी भएका छन ।

मतगणना जारी रहेको गरुडामा कांग्रेसले अग्रता लिइरहेको छ भने कटहरीयामा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

अहिलेसम्म नतिजा घोषणा भएका स्थानीय तह :- 

नेपाली कांग्रेस, प्रमुख/उपप्रमुख-
१. चन्द्रपुर नपा -रामचन्द्र चौधरी/रामरति चौधरी)
२. राजपुर नपा -मो. शकिल अख्तर/सगिरा खातुन)
३. राजदेवि नपा -धिरेन्द्र सिंह/अंशु सिंह -ससफो)
४. परोहा नपा -शेख वकिल/सुगंधि गिरी)
५. गढीमाई नपा -श्याम बाबु यादव/सुभद्रा देवी)
६. फतुवा विजयपुर नपा -गोपाल राय यादव/कान्ती देवी -मा.के.)
७. वृन्दावन नपा -राम स्नेही यादव /नूर जहाँ)
८. दुर्गा भगवति गापा -अरुण साह / मंजु झा)

संघीय समाजवादी फोरम- 
१. देवाही गोनाही नपा -धर्मेन्द्र पटेल/सुनैना देवी -मा.के.)
२. बौधिमाई नपा -रवि रंजन यादव/प्रमिला कुशवाहा)
३. माधव नारायण नपा -विरेन्द्र यादव/सिमल साह -मा.के.)

माओवादी केन्द्र –

१. मौलापुर नपा -रीना साह /गौरी शंकर प्रसाद)
२. यमुनामाई गापा -श्री प्रसाद मुखिया /गीता देवी साह)

राजपा –
१. गौर नपा -अजय गुप्ता/किरण ठाकुर)
२. गुजरा नपा -सन्तलाल चौधरी /रोशन खातुन)

लोकतान्त्रीक फोरम नेपाल-
१. ईशनाथ नपा -सन्तोष मेहता / हुस्नेअरा खातुन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment