Comments Add Comment

उपमहानगरको पहिलो नतिजा एमालेको पक्षमा, पौडेल बने जितपुर सिमराको मेयर


८ असोज, सिमरा । प्रदेश नम्बर २ का तीन उपमहानगरपालिकामध्ये पहिलो नतिजा एमालेको पक्षमा गएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।

मुलुकको कान्छो उपमहानगरपालिका भनिने जीतपुरसिमरा उप–महानगरपालिकाको मेयरमा एमालेका युवा नेता डा.कृष्ण पौडेल १४८६५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णव्रत सिंहले १२०४३ मत पाए ।
उपमेयरमा एमालेकी सरस्वती चौधरी १४ हजार ४५९ मत प्राप्त गरी बिजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धामा रहेकी कांग्रेसकी निरु रायमाझीले १२ हजार ४६५ मत प्राप्त गरिन् । त्रिपक्षीय प्रतिस्पर्धामा रहेका माओवादीका मेयर उम्मेदवार राजन पौडेलले ११ हजार २४८ प्राप्त गरेका छन् ।

जितपुर सिमरा उपमहानगरपालिकाको विजयसँगै बारामा एमालेले जितको खाता खोलेको छ । बाराको अर्को उपमहानगरपालिका कलैया र कोल्बी नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment