Comments Add Comment

समन्वय अभावले कालोबजारीलाई उन्मुक्ति

८ असोज, काठमाडौं । चाडपर्वको समयमा बजार अनुगमनले तीव्रता पाउँछ । अनुगमन टोलीले व्यवसायीको बदमासी पनि भेट्टाउँछ । तनर, सरकारी निकायबीच नै समन्वय नहुँदा दोषीले सजिलै उन्मुक्ति पाउने गरेका छन् ।

अपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका लागि ११ वटा नियमनकारी निकाय भए पनि समन्वय अभावमा कैफियत भेटिएको व्यवसायलाई कारबाही गर्न गाह्रो भएको जनाएको छ ।

बजार अनुगमनमा कैफियत भेटिए त्यसको नियमनका लागि ११ वटा निकायलाई जिम्मेवारी दिइएको छ । आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले ११ वटा नियमनकारी निकाय भए पनि आपसी समन्वय नहुँदा कैफियत भेटिएका व्यवसायीलाई कारबाही गर्न अप्ठ्यारो भएको बताए । आजको राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment