८ असोज, वीरगञ्ज । प्रदेश २ को एक महानगरपालिका र ३ उपमहानगरपालिका मध्ये एक उपमहानगरमा एमाले विजयी भइसकेको छ भने अर्कोमा र राजपाले जित पक्का गरेको छ ।
एकमात्र महानगरपालिका वीरगञ्जमा कांग्रेसको अग्रता तोड्दै फोरम अघि बढेको छ । आइतबार विहानको पछिल्लो नतिजा अनुसार संघीय समाजवादी फोरमका विजय सरावगीले ९९४६ मत लिएर कांग्रेसका अजय द्धिबेदीको अग्रता तोडेका छन् । द्धिबेदीले ९८२८ मतका साथ सराबगीलाई टक्कर दिइरहेका छन् ।
वीरगञ्जको बजार क्षेत्रको मतगणना हुँदा सराबगी अघि बढेका हुन् । बजार क्षेत्र मारवाडी समुदायको बाक्लो बसोबास भएको ठाउँ हो । यहाँबाट बिगतमा कांग्रेसलाई बढी मत जाने गरेको थियो । तर, यसपटक यो भोट सराबगीले पाएको देखिन्छ ।
तर, झण्डै आधा मत गणना गर्न बाँकी रहेकाले अझै पनि कुन उम्मेदवारले जित्छन् भन्ने आँकलन गर्न भने गाह्रो भएको छ । वीरगञ्जमा कुनै पनि वडा अब कुनै पार्टीका गढका रुपमा रहेनन् ।
बिगतको मत आधार हेर्दा अब गन्न बाँकी वडाहरुमा कांग्रेस एमालेको प्रतिस्पर्धा हुनुपर्ने हो । यदि एमालेले आफ्नो मत जोगाउन सकेको रहेछ भने द्धिबेदीलाई फाइदा हुन सक्छ ।
कलैयामा त्रिपक्षीय टक्कर
बाराका कलैया उपमहानगरमा एमालेले झिनो अग्रता कायम राखेको छ । आइतब्ार विहानसम्म प्राप्त अपडेट अनुसार कलैयाको मेयरमा एमालेका विनोद साह ७०२२ मतका साथ अग्रस्थानमा छन् ।
उनलाई कांग्रेसका राजेश यादवले ६८५२ मतका साथ पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका संघीय समाजवादी फोरमका प्रमोद गुप्ताले ६३७८ मतका साथ पछ्याइरहेका छन् ।
प्रतिक्रिया 4