Comments Add Comment

साझाका अध्यक्ष डोलिन्द्रप्रसाद शर्मा बर्खास्त

८ असोज, काठमाडौं । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्मा बर्खास्त भएका छन् । शिक्षा मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णयबाट शर्मालाई बर्खास्त गरेको हो ।

संस्थाको हित अनुकुल काम नगरेकाले शर्मालाई बर्खास्त गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले जानकारी दिए ।

शर्माको साझा प्रकाशनको सञ्चालक समितिको सदस्यता अन्त्य गरी अध्यक्ष र महाप्रवन्धकबाट पदमुक्त गरिएको मन्त्रालयको निर्णय छ । बर्खास्त गर्नुअघि उनलाई दुई पटक स्पष्टीकरण सोधिएको थियो ।

शर्मालाई तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवले २०७१ सालमा साझाको महाप्रवन्धक नियुक्त गरेकी थिइन् । साझामा अनियमितता भएको खबरहरु आएपछि मन्त्रालयले छानविन समिति गठन गरेको थियो ।

सञ्चालक समितिका सदस्यहरु दीनानाथ शर्मा, प्रदीप नेपाल र प्रा. डा. कृष्णहरी बरालले यही असोज २ गते नै राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment