+
+
Shares

चाँदीका गहनासहित भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ९ गते १०:४३

९ असोज, बागलुङ । साढे चार किलो अवैध चाँदीका गहनासहित भारतीय नागरिक सुरेन्द्र साह पक्राउ परेका छन् ।

भारतको मोतीहारी जिल्ला औराहियाठाना–४ आदापुर घर भएका ५१ वर्षीय साहलाई आइतबार साँझ बागलुङ सदरमुकामबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

करिब रु तीन लाख २० हजार मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित साह पक्राउ परेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए । साहले भारतको रक्सौलबाट अवैध चाँदीका गहना ल्याई बागलुङका व्यापारीलाई बेच्ने गरेको उनको भनाइ छ ।

बरामद भएको गहनामा ५० प्रतिशत मात्र सक्कली चाँदी प्रयोग भएको प्रहरीले जनाएको छ । प्रहरीले साहमाथि थप अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?