 
																			८ वैशाख, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । ३६ वर्षीय बाबुलाई प्रहरीले गत आइतबार पक्राउ गरेर मुद्दा चलाएको छ ।
पीडित बालिकाले घटनाबारे आफ्नो नतिजको आफन्तलाई बताएपछि इलाका प्रहरी कार्यालय पालुङमा उजुरी परेको थियो । मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बालिकामाथि उनका बाबुले गत कार्तिकदेखि पटक-पटक जर्वजस्तीकरणी गर्दै आएको उजुरीमा उल्लेख छ ।
पीडित बालिकाकी आमाले दोस्रो विवाह गरेर गएपछि उनी बाबुसँग बस्दै आएको प्रहरीले जानकारी दिएको छ । आरोपित बाबुलाई हाडनाता बलात्कारमा मुद्दा चलाइएको डिएसपी अर्यालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4